Dhulikhel Eco Banner new

शेयर बजारमा सामान्य अंकले गिरावट, १५७ कम्पनीको शेयर मूल्य घट्यो

2.77K
shares

काठमाडौं, ३१ चैत । आइतवार शेयर बजारमा सामान्य अंकले घटेको छ । शेयर बजार ८.८४ अंकले घटेर २,६६१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब २८ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा विन नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।