प्रतितोला २ हजार ७ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ वैशाख ३ बुधवार ११:०९
2.96K
shares
shares

काठमाडौं, ३ वैशाख । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ७ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
मंगलवार तोलामा १ लाख ८४ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य बुधवार २ हजार ७ सयले बढेर प्रतितोला १ लाख ८७ हजारमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। मंगलवार तोलामा १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९५५ रुपैयाँमा कायम भएको छ ।

















