सिटिजन्स बैंकले ९ महिनामै कमायो ९६ करोड नाफा
वि.सं.२०८२ वैशाख ७ आइतवार ११:०१
shares

काठमाडौं, ७ वैशाख । सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा ९६ करोड १८ लाख ९३ हजार कमाएको छ ।
जुन गत आर्थिक वर्षको तुलनामा २०.५९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा १ अर्ब २१ करोड रहेको थियो । कम्पनीको खुद ब्याज अम्दानी ४ अर्ब २५ करोड ६० लाख रुपैयाँबाट बढेर ४ अर्ब ७४ करोड ८९ लाख पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा २८ प्रतिशतले घट्दा नाफा समेत असर परेको हो । यसअवधिमा बैंकको संञ्चालन नाफा १ अर्ब ८६ करोडबाट घटेर १ अर्ब ३३ करोडमा पुगेको हो । कम्पनीको कुल सञ्चालन आम्दानी ३ अर्ब ८१ करोड रहेको छ भने वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख रहेको छ भने जगेडा कोष सञ्चिति ७ अर्ब ६२ करोड ७३ लाख रहेको छ । खराब कर्जा भने ५.७१ प्रतिशत पुगेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८.६८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ ।

















