Dhulikhel Eco Banner new

कृषि विकास बैंकले ९ महिनामै कमायो १ अर्ब ८४ करोड नाफा

3K
shares

काठमाडौं, ७ वैशाख । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.१७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २ अर्ब ५ करोड ३१ लाख रहेको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड ५९ लाख पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ७ अर्ब २० करोड रहेको थियो ।कम्पनीको सञ्चालन नाफा २ अर्ब ६७ करोड ४६ लाखबाट घटेर २ अर्ब ५९ करोड पुगेको छ । साथै, कुल सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रहेको छ ।

यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड ८६ लाखबाट बढेर १ अर्ब ९१ करोड पुगेको छ । खराब कर्जा भने ४.९८ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैैंकको चुक्तापुँजी १९ अर्ब २८ करोड रहेको छ भने जगेडा कोष सञ्चिति १५ अर्ब ४९ करोड रहेको छ ।९ महिनाको अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११.४७ रुपैयाँ र प्रतिशेयर खुद मुल्य २१७.७३ रुपैयाँ रहेको छ ।