प्राइम कमर्सियल बैंकले ९ महिनामै कमायो २ अर्ब ८७ करोडभन्दा नाफा
वि.सं.२०८२ वैशाख ७ आइतवार १३:४२
shares

काठमाडौं, ७ वैशाख । प्राइम कमर्सियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म अर्थात् तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार बैंकले यस वर्षको चैत मसान्तसम्म २ अर्ब २२ करोडभन्दा बढी खुद नाफा गरेको छ।
गत वर्षको यसै अवधिसम्म बैंकले २ अर्ब ८७ करोडभन्दा बढी खुद नाफा गरेको थियो। गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको यसै अवधिमा बैंकको खुद नाफा २२.५६ प्रतिशतले घटेको हो।
चालू आवमा बैंकको इम्पेयरमेन्ट चार्ज रकम बढेपछि खुद नाफामा समेत दबाब परेको हो। गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज साढे ८९ करोड रहेकोमा चालू आवमा बढेर २ अर्ब ३३ करोड नाघेको छ।
खुद नाफा घटेपनि बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानी भने बढेको छ। बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोडबाट बढेर ६ अर्ब ६६ करोड र कुल सञ्चालन आम्दानी ७ अर्ब १६ करोडबाट बढेर ८ अर्ब ३४ करोड पुगेको छ।
यद्यपि यस वर्ष बैंकको सञ्चालन नाफा ४ अर्ब ११ करोडबाट घटेर ३ अर्ब ७१ करोडमा झरेको छ। बैंकको लाभांश क्षमता भने १ अर्ब ७३ करोड बढी रहेको छ।
बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड २५ लाख रहेको छ भने जगेडा कोषमा १ अर्ब ७३ करोड र रिजर्भ कोषमा झण्डै पौने ११ अर्ब सञ्चिति रहेको छ।
खराब कर्जा ५.६५ प्रतिशत रहेको यस बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ७८ पैसाबाट घटेर १५ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ६३ पैसा रहेको छ।


















