Dhulikhel Eco Banner new

चैत मसान्तसम्म भन्सारबाट ३ खर्ब ४३ अर्ब राजस्व संकलन

3.34K
shares

काठमाडौं,८ वैशाख । पछिल्लो नौ महिनामा भन्सारबाट ३ खर्ब बढी राजस्व संकलन भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म भन्सारबाट ३ खर्ब ४३ अर्ब ११ करोड ६१ लाख ६५ हजार बराबर राजस्व संकलन भएको हो ।

१३ खर्ब ९ अर्ब ५३ करोड बराबरको वस्तु आयात हुँदा उक्त परिमाणमा राजस्व संंकलन भएको हो । यो अवधिमा १४ खर्ब ९७ अर्ब ७२ करोड बराबरको वस्तु व्यापार भएको छ । १३ खर्ब ९ अर्ब ५३ करोड बराबरको वस्तु आयात हुँदा १ खर्ब ८८ अर्ब १९ करोड बराबरको वस्तु निर्यात भएको छ ।