शेयर बजारमा १६० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ वैशाख ९ मंगलवार १५:१९
shares

काठमाडौं, ९ वैशाख । मंगलवार शेयर बजारमा सामान्य अंकले घटेको छ । शेयर बजार ४.९३ अंकले घटेर २,६९३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ३२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.०७ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ५.२४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, एनआईसी एशिया सन्तुलित कोषका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले गुमाएका छन् भने ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले ३.८५ प्रतिशतका दरले गुमाएका छन् ।



















