Dhulikhel Eco Banner new

२० करोड  बराबरको यार्सागुम्बा निर्यात, १० देशमा पुग्यो नेपाली जडीबुटी

3.42K
shares

काठमाडौं, १३ वैशाख । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपालबाट २० करोड रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार हालसम्म २० करोड २८ लाख ७८ हजार रुपैयाँ बराबरको ४८५ किलो यार्सागुम्बा निर्यात भइसकेको हो।

नेपालको मूल्यवान जडीबुटीका रूपमा चिनिने यार्सागुम्बा चीन, जापान, कम्बोडिया, मलेसिया, थाइल्यान्ड, हङ्कङ लगायत १० देशमा निर्यात भएको विभागले जनाएको छ।

यसअघि फागुन मसान्तसम्म ४८१ किलो यार्सागुम्बा २० करोड ७ लाख ५३ हजार रुपैयाँमा निर्यात भएको थियो। सोहीअनुसार चैत महिनामा मात्रै ४ किलो यार्सागुम्बा २१ लाख रुपैयाँमा निर्यात भएको देखिन्छ।

उपत्यकामा यार्सागुम्बाको माग बढिरहेकाले मूल्यमा पनि वृद्धि देखिएको व्यापारीहरूको भनाइ छ। उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा औषधीय गुणका कारण अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय मानिन्छ।

सरकारले यार्सागुम्बाको व्यवस्थित संकलन र निर्यात प्रणाली निर्माण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।