Dhulikhel Eco Banner new

काठमाडौंमा हैजाको बिरामी भेटिए

5.38K
shares

काठमाडौं, २ असार । काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।

उनीहरुले बागबजार क्षेत्रमा चटपटे खाएको अस्पतालले जनाएको छ । उनीहरुले ‘एन्टिजेन परीक्षणमा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरिया भेटिएको बताइएको छ ।

हैजा पुष्टि भएको र लक्षण देखिएका दुबै जनालाई झाडापखाला भएको छ । बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । उनीहरुलाई अन्तरंग वार्डमा सारेर उपचार गर्ने तयारी छ ।

हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । काठमाडौंको फोहोर र दूषित पानीबाट हैजा फैलिने चिकित्सकले बताउँदै आएका छन् ।