Dhulikhel Eco Banner new

शेयर बजारमा १२८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.06K
shares

काठमाडौं, २१ वैशाख । आइतवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ३.४४ अंकले घटेर २,६२० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब २४ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन रिभर फल्स पावरका लगानीकर्ताले ७.५५ प्रतिशतका दरले गुमाएका छन् भने भुगोेल इनर्जीका लगानीकर्ताले ६.१५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सप्तकोशी विकास बैंकका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले गुमाएका छन् भने बाराही हाइड्रोपावरका ५.८९ प्रतिशतका दरले गुमाएका छन् ।