Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

4.1K
shares

काठमाडौं, २१ वैशाख । आइतवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ३.४४ अंकले घटेर २,६२० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब २४ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन, अपर सोलु हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने सर्पोट माइक्रो फाइनान्सका लगानीकर्ताले ८.८१ प्रतिशतका दरले कमाएका छन् ।