सामान्य अंकले घट्यो शेयर बजार, १२८ कम्पनीको शेयर मूल्यमा गिरावट
वि.सं.२०८२ वैशाख २१ आइतवार १५:०७
shares

काठमाडौं, २१ वैशाख । आइतवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ३.४४ अंकले घटेर २,६२० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब २४ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।



















