प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ वैशाख २२ सोमवार १०:३९
2.87K
shares
shares

काठमाडौं, २२ वैशाख। स्थानीय बजारमा सोमवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
आइतवार तोलामा १ लाख ८४ हजार १ सयमा कारोबार भएको सुनको मूल्य सोमवार ५ सयले बढेर तोलामा १ लाख ८४ हजार ६ सयमा कायम भएको छ ।
त्यस्तै, सोमवार चाँदीको मूल्य स्थिर रहेको छ । आइतवार तोलामा १ हजार ९१० मा कायम भएको चाँदीको मूल्य सोमवार पनि सोहि मुल्यमा कार्यम भएको हो ।
















