शेयर बजारमा गिरावट, १५९ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८२ वैशाख २२ सोमवार १५:०८
shares

काठमाडौं, २२ वैशाख । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ९.६२ अंकले घटेर २,६१० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर भएको छ । यसदिन ७ अर्ब ६३ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फार्मास्युटिकल्स र सिटिजन्स सुपर म्युअचल का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।



















