Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.12K
shares

काठमाडौं, २२ वैशाख । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ९.६२ अंकले घटेर २,६१० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर भएको छ । यसदिन ७ अर्ब ६३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फार्मास्युटिकल्स र सिटिजन्स सुपर म्युअचल का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने मकर जितुमाया सुरी हाइडोपावरका लगानीकर्ताले ९.३० प्रतिशतका दरले कमाएका छन् ।