Dhulikhel Eco Banner new

शेयर बजारमा १५९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.19K
shares

काठमाडौं, २२ वैशाख । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ९.६२ अंकले घटेर २,६१० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर भएको छ । यसदिन ७ अर्ब ६३ करोडको कारोबार भएको हो ।
।

सामान्य अंकले घटेको हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन रिभर फल्स पावरका लगानीकर्ताले ७.९५ प्रतिशतका दरले गुमाएका छन् भने कर्पोरेट विकास बैंकका लगानीकर्ताले ४.६१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सप्तकोशी विकास बैंकका लगानीकर्ताले ४.११ प्रतिशतका दरले गुमाएका छन् भने बाराही हाइड्रोपावरका ४.१० प्रतिशतका दरले गुमाएका छन् ।