Dhulikhel Eco Banner new

सम्पदा लघुवित्तद्धारा सिइओ माग, हेर्नुस् कति चाहिन्छ योग्यता ?

2.98K
shares

काठमाडौं, २३ वैशाख । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कर्मचारी माग गरेको छ ।

संस्थाले उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र लगायतका विषयमा स्नातक उपाधि हासिल गरी बैकिङ्ग तथा वित्तीय क्षेत्रमा अधिकृत वा सो भन्दा माथिको पदमा ५ वर्ष कार्य अनुभव भएको हुनुपर्ने छ ।

सम्पदा लघुवित्तमा सीईओ बन्न इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी बैशाख ३० गतेसम्म संस्थाको केन्द्रिय कार्यालय, बन्दिपुर–१, डुम्रे, तनहुमा तथा संस्थाको इमेल मार्फत आवेदन दिनुपर्ने छ ।