Dhulikhel Eco Banner new

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्धारा कर्मचारी माग, हेर्नुस् कति चाहिन्छ योग्यता ?

3.02K
shares

काठमाडौं, २४ वैशाख । सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर र ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले दमक, लालबन्दी, ओखलढुङ्गा, रशुवा र सितापाइला शाखा कार्यालयमा ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । साथै, कम्पनीले केही शाखा कार्यालयमा ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी आगामी जेठ २ गतेभित्र आवेदन दिनुपर्ने छ । अनुभवि र क्षमतावना उम्मेद्वारलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ ।