उच्च अंकले बढ्यो शेयर बजार, २२७ कम्पनीको शेयर मूल्य बढ्यो
वि.सं.२०८२ वैशाख २४ बुधवार १५:०८
shares

काठमाडौं, २४ वैशाख । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६१.६२ अंकले बढेर २,६७२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। यसदिन १० अर्ब ५१ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.४३ प्रतिशतका दरले गुमाएका छन् ।

















