उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ वैशाख २५ बिहीवार १५:२६
shares

काठमाडौं, २५ वैशाख । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.६० अंकले घटेर २,६६१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ११ अर्ब ६५ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन छ्याङ्दी जलविद्युत र ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, आईसीएफसी फाइनान्सका लगानीकर्ताले ९.५६ प्रतिशतका दरले कमाएका छन् ।



















