Dhulikhel Eco Banner new

शेयर बजारमा १५० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.08K
shares

काठमाडौं, २५ वैशाख । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.६० अंकले घटेर २,६६१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ११ अर्ब ६५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.०६ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सप्तकोशी विकास बैंकका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले दरले गुमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ४.८३ प्र्तिशतका दरले गुमाएका छन् ।

त्यसैगरी इष्टन हाइड्रोपावरका लगानीकर्ताले ४.७७ प्रतिशतका दरले गुमाएका छन् भने ग्रिन विकास बैंकका लगानीकर्ताले ४.५१ प्रतिशतका दरले गुमाएका छन् ।