Dhulikhel Eco Banner new

गभर्नर सिफारिस समिति फेरि भत्किदै, नयाँ सदस्यमा डा. पोखरेल !

3.19K
shares

काठमाडौं, २८ वैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन भएको सिफारिस समिति फेरि भत्किने भएको छ । यसअघि समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिए पछि समिति पुनर्गठन गर्नु परेको थियो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको समितिमा अहिले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेल र निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्यका रुपमा रहेका छन् । कांग्रेसले डा. पौडेललाई गभर्नरको रुपमा अघि सार्ने तयारी गरेको छ । यदि पौडेल गभर्नर बन्ने पक्कापक्की भए समितिको सदस्यबाट राजीनामा दिनेछन् ।

उनको राजीनामासँगै समितिको रिक्त सदस्यमा नयाँ व्यक्ति ल्याउनु पर्नेछ । यस्तो अवस्थामा कांग्रेसले डा. गोविन्द पोख्रेललाई सदस्यमा प्रस्ताव गर्ने सम्भावना रहेको छ । कुनै बेला योजना आयोगको उपाध्यक्ष्  समेत भएका डा. पोख्रेल एक टेलिभिजनका प्रस्तोताको रुपमा काम गरिरहेका व्यक्ति हुन् ।