Dhulikhel Eco Banner new

घोराही सिमेन्ट नोक्सानीमा, सुधारको संकेत कमजोर

3.02K
shares

काठमाडौं, २९ वैशाख । घोराही सिमेन्टले नौ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार घोराही सिमेन्ट गत आर्थिक वर्ष नोक्सानीमा गएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ५५ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरन परेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड २५ लाख घाटा देखाएको थियो । नोक्सानी अघिल्लो वर्षभन्दा केही कम भए पनि कम्पनीको समग्र वित्तीय अवस्था अझै घटेको छ ।

आम्दानी बढेर ३ अर्ब ५२ करोड ६५ लाख पुगेको देखिए पनि यसले कम्पनीको घाटालाई टार्न सक्ने अवस्था भने छैन् । कुल नाफा भने ७१ करोड ४४ लाख पुगेको छ ।

गत वर्षको सो अवधिसम्म २२ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा अहिले १ करोड ७३ लाख मात्र धनात्मक देखिएको छ ।