Dhulikhel Eco Banner new

साना किसान विकास लघुवित्तको बढ्यो खुद नाफा, हेर्नुस् अन्य सूचक कस्तो ?

3.8K
shares

काठमाडौं, २९ वैशाख । साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको ९ महिनामा ५४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा १.९३ प्रतिशतले बढी हो ।

गत वर्ष ५३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११.२६ प्रतिशतले घटेर १ अर्ब ३९ करोड ३४ लाख रुपैयाँमा आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

सञ्चालन नाफा पनि ५.२४ प्रतिशतले घटेर ७९ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ । चुक्ता पुँजी भने १३.३० प्रतिशतले बढेर ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ पुगेको छ । रिजर्भमा ४ अर्ब १० करोड रुपैयाँ बढी रहेको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड र खराब कर्जा २.५५ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी १.८८ रुपैयााले घटेर १६.८५ रुपैयाँमा झरेको छ । प्रतिशेयर नेटवर्थ भने २३१.७१ रुपैयाँ छ