Dhulikhel Eco Banner new

प्रतितोला २ हजारले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.07K
shares

काठमाडौं, ३० वैशाख । स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमवार तोलामा १ लाख ८६ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार २ हजारले घटेर तोलामा १ लाख ८४ हजार ८ सयमा कायम भएको छ ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । सोमवार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार बढेर १ हजार ९७० रुपौयाँमा कायम भएको छ ।