ट्रेड टावरले जेठ १४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने
वि.सं.२०८२ जेठ ५ सोमवार १०:४३
shares

काठमाडौं, ५ जेठ । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ यही जेठ १४ गतेदेखि निष्कासन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो।
यसअघि पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ। बाँकी रहेको ३५ लाख ७४ हजार ५२३.७० कित्तामध्ये १ लाख ९८ हजार ५८४.६५ कित्ता सामूहिक लगानी कोषका लागि र ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।
यसरी अन्ततः ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने भएको हो। यस आईपीओमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ।
आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

















