शेयर बजारमा ९.१४ अंकले गिरावट, कारोबार रकम पनि घट्यो
वि.सं.२०८२ जेठ ११ आइतवार १५:०५
3.65K
shares
shares

काठमाडौं, ११ जेठ । आइतवार शेयर बजार ९.१४ अंकले घटेको छ । शेयर बजार ९.१४ अंकले घटेर २,६७९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ६० करोडको कारोबार भएको हो ।
शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्स का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.१६ प्रतिशतका दरले गुमाएका छन् ।

















