Dhulikhel Eco Banner new

ट्रेड टावरको आईपीओ बुधवारदेखि सर्वसाधारणका लागि खुला

3.99K
shares

काठमाडौं, १४ जेठ । ट्रेड टावर लिमिटेडको आईपीओ बुधवारदेखि सर्वसाधारणका लागि खुला भएको छ। कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयरमध्ये ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई आरक्षित १० प्रतिशत शेयरको बाँडफाँट गरिसकेको छ। त्यस्तै, कुल शेयरमध्ये सामुहिक लगानी कोषका लागि ५ प्रतिशत र कर्मचारीका लागि २ प्रतिशत छुट्याइएको छ।

सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन आजबाट सुरु भई आगामी जेठ १९ गतेसम्म दिन सकिनेछ। इच्छुक लगानीकर्ताहरूले मेरोशेयर प्रणालीमार्फत वा आफ्नो खाताको बैंक तथा वित्तीय संस्थाको शाखाबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओका लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेको छ। अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको यस आईपीओमा इक्रा नेपालले कम्पनीलाई ‘बीबी माइनस’ रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यमस्तरको जोखिम संकेत गर्छ ।