Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ६ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.3K
shares

काठमाडौं, १४ जेठ । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंगलवार तोलामा १ लाख ९० हजार ९ सयमा कारोबार भएको सुनको मूल्य बुधवार १ हजार ६ सयले घटेर प्रतितोला १ लाख ८९ हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । मंगलवार तोलामा १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर प्रतितोला २ हजार ५ रुपैयाँमा कायम भएको छ ।