जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ जेठ १४ बुधवार ११:०८
shares

काठमाडौं, १४ जेठ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
शेयर बिक्रीका लागि प्रतिकित्ता न्यूनतम मूल्य ४०० रूपैयाँ तोकिएको छ। शेयर किन्न इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर विवरण खुलाएर मोरङ्गस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

















