Dhulikhel Eco Banner new

काङ हाइड्रोपावरको पौने ६ लाख संस्थापक शेयर बिक्रीमा

3.3K
shares

काठमाडौं, १६ जेठ । काङ हाइड्रोपावर कम्पनीले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुलाई पौने ६ लाख कित्ता शेयर बिक्री राखेको हो।

कम्पनीले एक सूचना प्रकाशित गर्दै चुक्तापुँजी ५ करोड ७५ लाख वृद्धि गर्ने निर्णय भएकोले सोही बराबरको शेयर बिक्री खुला गरिएको जनाएको छ। जसअनुसार कम्पनीले १ सय अंकित दरका कुल ५ लाख ७५ हजार कित्ता बिक्रीमा राखेको हो।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिद गर्नका लागि कम्पनीको रजिस्टर्ड कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट सम्पूर्ण शेयर खरिद नभई बाँकी रहन गएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।