Dhulikhel Eco Banner new

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.93K
shares

काठमाडौं, १६ जेठ । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ७ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीवार तोलामा १ लाख ८७ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार ७ सयले बढेर प्रतितोला १ लाख ८८ हजार ५ सयमा कायम भएको हो ।

त्यस्तै, शुक्रवार चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । बिहीवार तोलामा १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार घटेर प्रतितोला १ हजार ८० रुपैयाँमा कायम भएको छ ।