Dhulikhel Eco Banner new

३ अर्ब ८५ करोडको विकास ऋणपत्र बोलकबोल गर्दै सरकार

2.37K
shares

काठमाडौं, २७ जेठ । आर्थिक वर्षको अन्तिम चरणमा सरकार आन्तरिक ऋण संकलनको प्रक्रिया अघि बढाउँदै ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्रीमा ल्याएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आगामी बुधबार ९ वर्षे अवधि भएको उक्त ऋणपत्रका लागि बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ।

बोलकबोल प्रक्रिया मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। यस अवधिमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकताको आधारमा ऋणपत्र बाँडफाँट गरिने कार्यालयले जनाएको छ।

विकास ऋणपत्र सरकारको आन्तरिक ऋण संकलनको एक प्रमुख औजार हो, जसलाई प्रयोग गरेर बजेट घाटा व्यवस्थापन गरिन्छ। यसअघि गत चैत १३ गते जारी गरिएको ऋणपत्र ४।४९ प्रतिशत ब्याजदरमा बोलकबोल भएको थियो भने औसतमा विकास ऋणपत्रहरु ४.७२ प्रतिशत ब्याजदरमा बिक्री हुँदै आएका छन्।