Dhulikhel Eco Banner new

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.94K
shares

काठमाडौं, २७ जेठ । स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमवार तोलामा १ लाख ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार तोलामा ६ सयले घटेर प्रतितोला १ लाख ९० हजारमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । सोमवार तोलामा २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार बढेर २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।