Dhulikhel Eco Banner new

इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदको लागि दरखास्त आह्वान

1.47K
shares

काठमाडौं, २८ जेठ । नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा नियुक्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दरखास्त आह्वान गरेको छ। मन्त्रालयले सोमवार सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकहरूलाई १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको हो।

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा २७ को उपदफा ९(१) अनुसार रजिष्ट्रार पदका लागि दरखास्त माग गरिएको छ। इच्छुक उम्मेदवारहरूले सिंहदरबारस्थित पूर्वाधार निर्माण तथा यातायात महाशाखामा कार्यालय समयभित्र रीतपूर्वक निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

उक्त पदको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्यानुभव भएको, उमेर ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।

यस्तै, उम्मेदवारले भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागू औषध कारोबार, अपहरण लगायतका गम्भीर फौजदारी अपराधमा सजाय पाएको नभएको प्रमाणित हुनुपर्नेछ।