इन्फिनिटी लघुवित्तमा डीसीईओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
वि.सं.२०८२ जेठ २९ बिहीवार १०:३०
shares

काठमाडौं, २९ जेठ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) माग गरेको छ।
यसका लागि कुनै पनि विषयबाट स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय स्तरमा कम्तीमा ५ वर्ष काम गरेको वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय स्तरमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ।
उमेरको हदमा ३० वर्ष पूरा गरी ५५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ।
हाल ५१ वटा जिल्लामा ९६ वटा शाखा कार्यालयहरू स्थापना गरिसकेको यस कम्पनीले व्यवस्थापकीय श्रेणी अन्तर्गत डीसीईओ माग गरेको हो।
परीक्षामा व्यवसायिक प्रस्तुतीकरण र मौखिक अन्तर्वाता लिइने कम्पनीले जनाएको छ। इच्छुक तथा योग्यता भएको व्यक्तिले आवश्यक कागजात सहित अबको १५ दिनभित्र आवेदन दिनुपर्ने सुचनामा उल्लेख छ।


















