Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला १ हजार ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.06K
shares

काठमाडौं, २९ जेठ । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधवार तोलामा १ लाख ९१ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार तोलामा १ हजार ६ सयले बढेर प्रतितोला १ लाख ९२ हजार ९ सयमा कायम भएको हो ।

त्यस्तै, बिहीवार चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । बुधवार तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार घटेर २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।