Dhulikhel Eco Banner new

विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीहरू सडकमा

3.3K
shares

काठमाडौं, २९ जेठ । देशैभर सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ र देशभरका संघहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन् ।

व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै प्रदर्शन गरेका छन् । सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न पनि माग गरेका छन् ।

सरकारले आगामी बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता र हिरामा १३ प्रतिशत भ्याट लगाएको विरोधमा आन्दोलनमा उत्रिएका हुन् । सरकारले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ । साथै सुनचाँदी कारोबारका लागि प्रस्ट नीति नियमावली निर्माणकोसमेत माग गरेका छन् ।