Dhulikhel Eco Banner new

सेबोनले अक्षयकोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने, बैंकहरूसँग सिलबन्दी प्रस्ताव आह्वान

2.83K
shares

काठमाडौं, १ असार। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आफ्ना अक्षयकोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। लगानी प्रक्रिया अघि बढाउन सेबोनले वाणिज्य बैंकहरूलाई १ वर्षे मुद्दती निक्षेपका लागि ब्याजदरसहित सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो।

सेबोनका अनुसार, इच्छुक बैंकहरूले आइतवारदेखि ५ कार्यदिनभित्र आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन्। प्रस्ताव पेश गर्ने अन्तिम दिनको साँझमा बोर्डको कार्यालयमै सिलबन्दी खोलिने जनाइएको छ।

लगानीसम्बन्धी अन्तिम निर्णय भने बोर्डको अधिकाराधीन रहनेछ। प्रस्ताव मूल्याङ्कन तथा छनोट प्रक्रियामा पारदर्शिता कायम गर्न आवश्यक सम्पूर्ण सूचना तथा सिलबन्दी फाराम सेबोनको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ।