शेयर बजारमा ११ अर्ब ४४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असार १ आइतवार १५:३१
2.83K
shares
shares

काठमाडौं, १ असार । शेयर बजारमा ११ अर्ब ४४ करोडको कारोबार हुँदा सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ८९ करोड १ लाख कारोबार भएको छ ।
यसदिन ङादी ग्रुप पावरको ८७ करोड २० लाख कारोबार भएको छ भने बुटवल पावरको ६४ करोड ६० लाख कारोबार भएको छ ।
त्यसैगरि,राधी विद्युतको ५० करोड ७४ लाख कारोबार भएको छ भने माउन्टेन इनर्जीको ५० करोड ३८ लाख कारोबार भएको छ ।

















