Dhulikhel Eco Banner new

शेयर बजारमा १५७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.67K
shares

काठमाडौं, १ असार । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ०.४७ अंकले बढेर २,६५७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ११ अर्ब ४४ करोडको कारोबार भएको हो ।

शेयर बजारमा नेपाल हाइड्रो डेपलभरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.४३ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ३.८४ प्रतिशतका दरले गुमाएका छन् भने कुमारी सबल योजनाका लगानीकर्ताले ३.७८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी दोल्टी पावरका लगानीकर्ताले ३.४० प्रतिशतका दरले गुमाएका छन् भने गुरास लघुवित्तका लगानीकर्ताले ३.२८ प्रतिशतका दरले गुमाएका छन् ।