सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ असार १ आइतवार १५:२२
shares

काठमाडौं, १ असार । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.१३ अंकले बढेर २,६५७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ११ अर्ब ४४ करोडको कारोबार भएको हो ।
शेयर बजारमा ग्रिन विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन पियोर इनर्जीका र छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि, बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले कमाएका छन् भने युनियन हाइड्रोपावर ९.३४ प्रतिशतका दरले कमाएका छन् ।

















