सामान्य अंकले बढ्यो शेयर बजार, १५७ कम्पनीको शेयर मूल्यमा गिरावट
वि.सं.२०८२ असार १ आइतवार १५:२०
2.64K
shares
shares

काठमाडौं, १ असार । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.१३ अंकले बढेर २,६५७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ११ अर्ब ४४ करोडको कारोबार भएको हो ।
शेयर बजारमा ग्रिन विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, नेपाल हाइड्रो डेपलभरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.४३ प्रतिशतका दरले गुमाएका छन् ।

















