सिद्धार्थ बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति
वि.सं.२०८२ असार ६ शुक्रवार १५:२१
shares

काठमाडौं, ६ असार । सिद्धार्थ बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि शुक्रवार स्वीकृती पाएको हो ।
सेबोनले कम्पनीलाई १ हजार अंकित दरका २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता भएको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.२५ प्रतिशत दरले ब्याज पाइने छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।















