११ महिनामा ७१ करोडको कोदो आयात
वि.सं.२०८२ असार ८ आइतवार १०:२६
2.85K
shares
shares

काठमाडौं, ८ असार । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ७१ करोड ८७ लाखको कोदो आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनदेखि ०८२ जेठ मसान्तसम्म ७१ करोड ८७ लाख ८४ हजारको १ करोड ४३ लाख ५५ हजार १ सय ३६ किलो कोदो आयात भएको छ ।
यसबाट ५ करोड ४० लाख ४ हजार बराबरको राजस्व संकलन भएको विभागको भनाइ छ । कुल कोदो आयातमध्ये ४ लाख ८५ हजार रुपैयाँको ८ हजार ६ सय ९५ किलो बीउको रूपमा भएको पन विभागले जनाएको छ ।
















