लक्ष्मी सनराइज क्यापिटलमा रोजगारीको अवसर
वि.सं.२०८२ असार ८ आइतवार १३:२०
shares

काठमाडौं, ८ असार । लक्ष्मी सनराइज क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट अफिसर, पोर्टफोलियो म्यानेजमेन्ट एसिस्टेन्ट, फण्ड म्यानेजर, म्चुअल फण्ड एसिस्टेन्ट, रिसर्च हेड, बिजनेस डेभलपमेन्ट अफिसर लयायतका कर्मचारी माग गरेको हो।
पोर्टफोलियो म्यानेजमेन्ट अफिसरको योग्यता मान्यता प्राप्त संस्थाबाट व्यवस्थापन/अर्थशास्त्र/वित्तमा एमबिए वा स्नातकोत्तर तह वा सिए/एसिसिए/सिएफए योग्यता भएको हुनु पर्नेछ। यस्तै सो क्षेत्रमा ३ वर्षको अनुभव हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ।
पोर्टफोलियो म्यानेजमेन्ट एसिस्टेन्टको योग्यता वित्त/व्यवसाय वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्र्तीण भएको हुनुपर्नेछ। साथै, सो क्षेत्रमा २ वर्षको अनुभव हुनु पर्नेछ। इच्छुक वा योग्यता पुगेकाले असार १४ गतेसम्म आवेदन दिन सक्नेछन्।


















