एनआइसी एशिया क्यापिटलमा रोजगारीको अवसर
वि.सं.२०८२ असार ९ सोमवार १६:४३
2.94K
shares
shares

काठमाडौं, ९ असार। एनआइसी एशिया क्यापिटल लिमिटेडले विभिन्न विभागका लागि नयाँ कर्मचारी माग गरेको छ।
कम्पनीले सार्वजनिक सूचना जारी गर्दै बिजनेस डेभलपमेन्ट, मर्चेन्ट बैंकिङ, कानुनी (लेगल) तथा रिसर्च एन्ड कर्पोरेट एडभाइजरी विभागमा केही संख्यामा कर्मचारी आवश्यक परेको जनाएको छ।
इच्छुक तथा आवश्यक योग्यता पुगेका उम्मेदवारहरूलाई असार १३ गतेभित्र आवेदन दिन अनुरोध गरेको छ। क्यापिटलले युवा, ऊर्जावान तथा वित्तीय क्षेत्रप्रति रुचि राख्ने व्यक्तिहरूको सहभागिता अपेक्षा गरेको छ।


















