Dhulikhel Eco Banner new

अस्पतालमा २५ लाख रुपैयाँ हिनामिना,तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

2.17K
shares

काठमाडौं, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालको २५ लाख भन्दा बढी रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार मुद्दा अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करार सेवामा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाही, र कुमारी बैंकको एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध दायर गरिएको हो।

अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाही र कुमारी बैंकको एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार, अस्पतालको सामाजिक सेवा एकाइमा कार्यरत कम्प्युटर अपरेटर शाहीले स्वास्थ्य बिमाका बिमितहरूको नाम दर्ता गर्ने क्रममा अनाधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी रकम सङ्कलन गरेकी थिइन् । तर, त्यसरी उठाएको रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको उजुरीपछि आयोगले अनुसन्धान थालेको थियो ।