Dhulikhel Eco Banner new

झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीको लगानीकर्ता बने मालामाल

2.76K
shares

काठमाडौं, ११ असार । बुधवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ०.३३ अंकले घटेर २,६०० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब ९४ करोडको कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा मोदी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

यसदिन तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९.७७ प्रतिशतका दरले कमाएका छन् भने पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ७.७७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, त्रिशूली जलविद्युत कम्पनीका लगानीकर्ताले ७.६२ प्रतिशतका दरले कमाएका छन् भने माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ७.१४ प्रतिशतका दरले कमाएका छन् ।