Dhulikhel Eco Banner new

पिपुल्स पावरले असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

3.34K
shares

काठमाडौं, १३ असार । पिपुल्स पावर लिमिटेडले आगामी असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६३ लाख २६ हजार कित्ता हकप्रद शेयर १ः०.५ अनुपातमा बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

यस प्रयोजनका लागि कम्पनीले असार २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा असार १ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम मिति साउन ११ गतेसम्म तोकिएको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले प्रभु क्यापिटल, पिपुल्स पावरको वेबसाइट, प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढी शाखाबाट तथा सि–आस्बा प्रणालीमा सहभागी सबै बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखाहरू र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले हकप्रद निष्कासनका लागि केयर रेटिङ नेपालबाट “केयर एनपी डबल बी” इस्यूअर रेटिङ प्राप्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ भने हकप्रद बाँडफाँडपछि पूँजी बढेर ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।